२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:05 am
राजनीति

विश्वविद्यालयमा प्रधानमन्त्रीले निर्णायक हस्तक्षेप गर्नुपर्छ : गगन थापा

सूचना प्रेस २०८० असार १८ सोमबार ००:००, १०:३७ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्व विद्यालयमा राजनीति भागबन्डाबाट अलग राख्न प्रधानमन्त्रीले निर्णय हस्तक्षेप गर्नुपर्ने बताएका छन्।

गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै उनले दलको झोला बोकेर विश्वविद्यालय छिर्न रोक लगाउनुपर्ने बताए।

राजनीतिक दलहरूले भागबन्डाकै कारणले विश्वविद्यालयको स्तर खस्केको उल्लेख गर्दै ऐन बनाएर अघि बढ्न आग्रह गरे। उनले प्रधानमन्त्रीलाई निर्णायक भूमिका खेल्न आग्रह गरे।

उनले प्रधानमन्त्री प्रचण्डले चालेको भ्रष्टाचारविरुद्धको अभियान सबैको साथ भएको उनको भनाइ छ। भ्रष्टाचारविरुद्धको अभियानमा सिंगो देशको साथ सरकारलाई रहेको बताए।