९ असार २०८३, मंगलबार 1782230804
Banner

गिरिजाको नामबाट विश्वविद्यालय स्थापना गर्ने प्रचण्डको आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने भनेर पेश भएको प्रस्तावलाई मन्त्रिपरिषदबाट अघि बढाउने आश्वासन दिएका छन् ।

गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवससरमा चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग विताएका क्षणको स्मरण गर्दै गिरिजा आफ्नो प्रेरणाको स्रोत भएको बताए ।

आफूले पटक–पटक गल्ती गर्दा पनि गिरिजाले भने विश्वास गर्दै संरक्षण गर्न नछाडेको उनले स्मरण गरे । ‘बरु मैले गल्ती गरें, उहाँले विल्कुल गर्नुभएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कतिपय सन्दर्भमा मैले गरेका प्रतिबद्धता जस्तोको तस्तै पूरा गर्न सकिनँ । तर उहाँले मलाई कुनै न कुनै रुपमा संरक्षण गर्न छोड्नु भएन ।’

मैले प्रधानमन्त्रीबाट राजीनामा दिने मनस्थिति बनाएपछि गिरिजाबाबुले पटक पटक राजीनामा नदिनुस् भनिराख्नुभयो।’

अस्पतालमा भर्ना भएको बेला गिरिजाले आफूलाई एक्लै बोलाएर ‘सम्हाल्नुस् यो देश’ भनेको कुराले गिरिजाप्रति अगाधा आस्था र विश्वास भइराखेको उनले बताए ।