७ भदौ २०८३, आइतबार 1787516124
Banner

नेपाल एसिसी मेन्स यू–१६ फाइनलमा, उपाधिका लागि मलेसियासँग खेल्ने

काठमाडौं । सिंगापुरलाई हराउँदै नेपाल एसिसी मेन्स यू–१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ।

सोमबार भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो। उपाधिका लागि अब नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

सोमबार बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १८४ रन जोड्यो।

नेपालका लागि ओपनरद्वय सूर्यान्सु कोइरालाले ४३ रन र निरजकुमार यादवले ४२ रन बनाए। सन्तोष यादवले १८ रन र कप्तान अभिषेक तिवारीले २५ रनको योगदान गरे। बलिङमा सिंगापुरका हरिहरनले ३ विकेट लिए।

मलेसियाले आजै भएको खेलमा हङकङलाई ७८ रनले हराएर फाइनलमा स्थान बनाएको थियो। सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले २४ रन जोड्दा प्रनव धनुकाले नटआउट १४ रन बनाए।

बलिङमा नेपालका कृतिक कामदले ३ विकेट लिए। उनले २।३ ओभरमा १ मेडन राख्दा ९ रन खर्चिए। यस्तै, अभिषेक तिवारी, प्रतिक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेश भट्टले १–१ विकेट लिएका थिए ।

Tags :