१० कार्तिक २०८१, शनिबार 1729973541
Banner

कोशी प्रदेश सरकार गठनका लागि बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौं । कोशी प्रदेश सरकार गठनका लागि बालुवाटरमा सत्ता गठबन्धनको बैठक बैठक बस्ने भएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ ।

कोशी प्रदेश सरकार शुक्रबार विश्वासको मत पाउन नसक्दा एमाले नेतृत्वको सरकार ढलेको छ । जसका कारण कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङको आह्वान गरेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् ।

केन्द्रीय सत्ता गठबन्धन सम्बद्ध जसपाले पहिचान पक्षधरको आन्दोलनको सम्बोधन नहुन्जेल कुनै पनि दललाई सरकार गठनका लागि समर्थन नगर्ने अडानमा लिएको छ ।

यता सत्तारूढ कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाभित्र कुन समिति कसले लिने भनेर भागबन्डा मिलेको छैन ।

नेताहरूका अनुसार संसद्मा उपस्थितिका आधारमा समितिको नेतृत्व दिने राजनीतिक सहमति भएको थियो । कुन दललाई कुन समिति दिने भन्ने यकिन भएको छैन ।

Tags :