१० कार्तिक २०८१, शनिबार 1729973518
समाचार

बाढीका कारण हुम्लामा तीन घरमा क्षति

काठमाडौं । बाढीका कारण आएको अविरलका आएको बाढीका कारण तीन घरमा क्षति पुगेको छ ।

सोमबार बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले तीन घरमा क्षति पुर्‍याएको हो ।

नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिए ।
आज बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पुर्‍याएको हो ।

लेदोसहितको भल घरभित्र पसेपछि सामान, अन्नपात, भाँडाकुडा, लत्ताकपडालगायतका सामग्रीमा क्षति पुर्‍याएको उहाँको भनाइ छ । लुन्डुप रिन्जिन लामाको घरमा एकातर्फको पर्खाल भत्किएर घरभित्र लेदो पसेको थियो ।

बाढीले खेतीयोग्य जमिन र बालीमा समेत क्षति पु¥याएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । हाल प्रहरी घटनास्थलतर्फ गएको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने उनको भनाइ छ ।

Tags :