११ कार्तिक २०८१, आइतबार 1730030576
Banner

उपाधि जित्न मलेसियालाई दियो नेपालले २५३ रनको लक्ष्य

काठमाडौं । एसिसी यू–१६ इस्ट जोन कपको उपाधि जित्न नेपालले घरेलु टिम मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ।

मलेसियाको बायुमास ओभलमा भइरहेको फाइनलमा टसा जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन जोड्यो।

नेपालका लागि नरेश भट्टले शतक प्रहार गर्न सफल भए। उनले नटआउट ११२ रन जोड्ने क्रममा ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे।

त्यसअघि ओपनरद्वय सूर्यान्सु कोइराला १८ रन र निरजकुमार यादव ४७ रन जोडेर आउट भए।

दीपु कुमार ५ रन र प्रतिक भट्टराई १ रनमा रनआउटको सिकार भए। यस्तै सन्तोष यादवले २६ रनको योगदान गर्दा कप्तान अभिषेक तिवारी ४ रन र अशोक धामी ११ रनमा आउट भए।

बलिङमा मलेसियाका मोहमद अक्रमले ३ विकेट लिए।

उपाधि जित्न सफल भए नेपालले एसिसीको यू–१६ स्तरको प्रतियोगितामा ह्याट्रिक गर्नेछ। यसअघि एसिसीको आयोजना भएको यू–१६ इस्टर्न रिजनमा नेपालले लगातार दुई उपाधि जितेको थियो।