११ असार २०८३, बिहिबार 1782425288
Banner

महोत्तरीमा गोली चल्यो, एक जना गम्भीर घाइते

जनकपुरधाम । रामगोपालपुर नगरपालिकामा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।

रामगोपालपुर नगरपालिका १ बसबिट्टि बजार बस्ने ३८ वर्षीय कौशल मण्डलले सोही ठाउँ बस्ने ४४ वर्षीय श्रवण यादव माथि गोली प्रहार गरेका हुन्।

दुई राउन्ड गरेको गोली प्रहारमा यादवको कन्चट नजिक र अर्को राउण्ड दाहिने कुमको माथि गोली लागेको छ। उनलाई उपचारका लागि जानकी एकेडेमी हस्पिटल पर्सादेवाड रामगोपालपुरमा लगिएपनि उपचार सम्भव नभए पछि थप उपचारको लागि जनकपुरस्थित जानकी हेल्थमा पठाइएको छ।

गोली प्रहार गर्ने कौशल मण्डल र निजले प्रयोग गरेको पेस्तोल गोलीको खोका ३ थानसहित प्रहरीले पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।