१० कार्तिक २०८१, शनिबार 1730002565
Banner

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

काठमाडौं । लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ ।

जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको हो । सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि बुधबार प्रदेशसभाको बैठकको अवरोध हटेको थियो ।

बैठकको सुरुमा विशेष समय लिएर बोलेका मुख्यमन्त्री डिल्ली चौधरीले विपक्षीहरुले उठाएको विषय सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

त्यसपछि तुलसीप्रसाद चौधरी बोलिरहेका बेला विद्युत गयो । उनले सम्बोधन सकाएलगतै सभामुखले जेनेरेटरमा आगलागी भएकाले बैठक १० मिनेटलाई स्थगित गरेको बताए ।