११ कार्तिक २०८१, आइतबार 1730024606
राजनीति

प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री भनेको हुँ भन्नु भएको छैन : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भारतको सहयोगमा प्रधानमन्त्री बनेको अभिव्यक्ति नदिएको दाबी गरेका छन्।

बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसबारेमा प्रधानमन्त्रीसँग आफ्नो कुरा नभएको तर उनले भारतको सहयोगमा प्रधानमन्त्री भएको भन्ने अभिव्यक्ति नदिएको उनले बताए।

‘हाम्रो प्रधानमन्त्रीले मैले नेपालको प्रधानमन्त्री हुन विदेशमा मान्छे पठाएको थिएँ, त्यसको सहयोगबाट म प्रधानमन्त्री भएको हुँ भनेर कहीँ भन्नुभएको छैन,’ माओवादी केन्द्रका वरिष्ट उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने।

असार १८ गते सरदार प्रितम सिंहको जीवनी विमोचन कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रितम सिंह नेपालको राजनीतिमा अत्यन्त चासो राख्ने र आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएर छलफल गरेको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।