१० कार्तिक २०८१, शनिबार 1729987370
Banner

गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा २ जनाको मृत्यु

बुटवल । गुडिरहेको बसमा करेन्ट लागेर सल्यानमा दुई जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार करेन्ट लागेर रोल्पाको गंगादेब गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगीको मृत्यु भएको हो ।

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिकै झुकेको विद्युत तारले रा१ख ८३४ नम्बरको बसमा बसलाई छुँदा करेन्ट लागेको थियो । बसभित्र करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । उक्त घटनामा बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएका छन् ।

घटनास्थलमा रहेका गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको जानकारी दिए ।