काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोशी प्रदेशमा देखिएको परिस्थितिको निकास एमालेले खोज्नुपर्ने बताएका छन् ।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
सभामुख तटस्थ बस्न नसक्दा लोकतन्त्र र संविधान विपरीत काम भएको उनको भनाइ छ ।
‘सभामुखले तटस्थ रहेर जिम्मेवारीवहन गर्न सक्नुभएन । लोकतान्त्रिक परिपाटी र संसदीय अभ्यासबाट संविधानलाई टेकेर अघि बढ्नुपर्नेमा भोलिका दिनमा अफ्ठ्यारो परिस्थिति सृजना हुने देखिएको छ ।’
यस्तै, सभामुख बाबुराम गौतमको भूमिका संविधान विपरीत भएको बताएका छन् ।