२८ असार २०८३, आइतबार 1783917347
Banner

ललिता निवास प्रकरण : बहालवाला सचिव पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोकी एआइजी किरण बज्राचार्यले सञ्चार सचिव राउतलाई पक्राउ गरिएको जानकारी दिइन्। राउत २०७८ पुस २१ मा सचिव भएका थिए।

राउतविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो। उनलाई आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो।

भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएका थिए।