७ भदौ २०८३, आइतबार 1787509644
Banner

विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जना पक्राउ

काठमाडौँ-विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतारबाट वैदेशिक रोजगारीबाट फर्केका १२ जनालाई पक्राउ गरेको हो । 

नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथमा स-साना परिमाणका सुनका गहना फेला परेका थिए।

सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साहलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले करिब २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५४९ बराबरको सुनलगायत कारोबार गरेको देखिएको छ।