२३ आश्विन २०८१, बुधबार 1728500779
Banner

आन्तरिक मुद्दा जे भए पनि आफ्नो देशको प्रधानमन्त्री सार्वभौम र शक्तिशाली होस् भन्ने चाहना हुन्छ : बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले आन्तरिकरूपमा जेसुकै भए पनि आफ्नो देशको प्रधानमन्त्री सार्वभौम र कमजोर नहोस् भन्ने चाहना हुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै बास्कोटाले सोमबार यस्तो बताएका हुन् ।

उनले भने, ‘तपाईंले तीरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा उचाल्ने संसदमा भन्नुपर्‍यो । हाम्रो प्रधानमन्त्री हामीले बनाएको भन्ने विश्वास दिलाउनुपर्‍यो । यो जनता दुस्खी र सर्वभौम सत्तामाथि हमला हुने कुरा र प्रधानमन्त्रीको निरन्तर मौनता हाम्रो लागि स्वीकार्य भएन । देशको लागि स्वीकार्य भएन । चारतारे लालतारे झण्डलाई जेसुकै होस् तर चन्द्र सूर्यको लागि स्वीकार्य भएन । प्रधानमन्त्रीले सके देशको लागि उभिनुस् । सत्ता स्वार्थको लागि देशको सार्वभौमसत्ता साटिँदैन । यतिकै अवस्थामा अगाडि बढ्न सकिँदैन । हामीलाई मात्रै होइन जनतालई पनि स्पष्ट पार्नुपर्छ ।’

Tags :