१० कार्तिक २०८१, शनिबार 1729995338
Banner

कांग्रेस केन्द्रीय समिति बैठक आज सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सुरु हुँदैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

अघिल्लो वर्ष साउन २७ गतेदेखि नै सुरु भएको बैठक एकवर्षपछि आज सुरु हुन लागेको हो । बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भ्रातृ संगठन सबन्धी निर्णय र विस्तारका बारेमा पुनर्विचार गरिने छ । कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई–दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो

पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार आज बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर एजेन्डालाई अन्तिम रूप दिइनेछ ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको अजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने छ ।

यसैगरी, महाधिवेसन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ । साथै, संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ ।