७ भदौ २०८३, आइतबार 1787507443
Banner

सीता दाहालको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।  

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ,’सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सँगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’

सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा  निधन भएको थियो ।