७ भदौ २०८३, आइतबार 1787507485
Banner

सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी कार्यालय पेरिसडाँडामा राखियो

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने माओवादी सचिवालयले जनाएको छ । सअघि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नर्भिक अस्पताल परिसरमा राखिएको थियो । नर्भिकमा दलका शीर्ष नेताहरु, माओवादी केन्द्रका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरुको ठूलो भीड लागेको थियो ।

स्वर्गीय दाहालको दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टीले जनाएको छ ।