७ जेष्ठ २०८३, बिहिबार 1779358752
अपराध

समन्वय समिति डोटीको गाडी दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौं । डोटीमा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

बुधबार साँझ आर्दश गाउँपालिका-२ का मौवामा बा १ ज ९४३९ नम्बरको गाडी दुर्घटना हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया हिरा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार खड्काको घटनास्थलमै मृत्यु भएको हो।

गाडीमा सवार आर्दश-५ बस्ने ३५ वर्षीय रवीन्द्र सुनार, वडानम्बर २ बस्ने ३० वर्षीय टेकबहादुर तिरूवा र चालक वीरबहादुर खड्का घाइते छन्।

उनीहरू जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गाडी सडकबाट करिब ५ मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन् ।