२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:19 am
Banner

उदयपुरमा आगलागीबाट एक जनाको मृत्यु

सूचना प्रेस २०७८ चैत्र १४ सोमबार ००:००, ०७:३४ बजे १ मिनेट पढाइ

काठमाडौं । उदयपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

आइतवार साँझ भएको आगलागीमा एक जनाको मृत्यु भएको र ७ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा घरमा आगो लाग्दा स्थानीय ६८ वर्षीया शिवमाया मगरको मृत्यु भएको हो ।

आगलागी स्थानीय ओमबहादुर मगरको घरबाट शुरू भएको थियो भने नजिकका अन्य ६ घर पनि जलेका छन्। आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।