८ मंसिर २०८१, शनिबार 1732349581
Banner

राजदूत र परराष्ट्रसचिव नियुक्ति गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले विदेशस्थित सात कूटनीतिक नियोगमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को आगामी बैठकबाट राजदूतसँगै नयाँ परराष्ट्रसचिव नियुक्ति प्रक्रियाअघि बढाउने सरकारी तयारी छ ।

न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोग तथा युएई, क्यानडा, कुवेत, थाइल्यान्ड र फ्रान्समा राजदूत रिक्त छ ।

हाल ५ दूतावास र २ वटा संयुक्त राष्ट्रसंघीय नियोग नेतृत्वविहीन छन् । न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोग तथा युएई, क्यानडा, कुवेत, थाइल्यान्ड र फ्रान्समा कार्यकाल सकिएर राजदूतहरू स्वदेश फर्किसकेका छन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृतबहादुर राई, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई, युनाइटेड अरब इमिरेट्सका लागि राजदूत कृष्णप्रसाद ढकाल, क्यानडाका भृगु ढुंगाना, कुवेतका दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि राजदूत दीपक अधिकारीको कार्यकाल सकिएको छ । कार्यकाल सकिएर स्वदेश फर्केका सबै परराष्ट्रका सहसचिव हुन् । अब सातै स्थानमा परराष्ट्रका सहसचिवहरूको नियुक्तिका लागि सरकारले सिफारिस गर्न लागेको छ ।