१३ श्रावण २०८३, बुधबार 1785374779
Banner

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज काठमाडौं आउँदै

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार काठमाडौं आउँदै छन् । उनले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत मन्त्रीहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनी अमेरिकी विदेश मन्त्रालयमा दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन्।

हाल बंगलादेश रहेका उनी शुक्रबार अपराह्न आइपुग्न लागेका हुन् । अमेरिकी उपविदेशमन्त्री उजरा जिया र सहायक विदेशमन्त्री लुले भारत भ्रमण गरेका थिए। एक दिनका लागि आउन लागेका उनले दूतावासका कर्मचारीसँग पनि छलफल गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।

‘उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नुहुनेछ र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उहाँहरूले गरेका प्रयासबारे पनि बुझ्नुहुनेछ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ।