१० कार्तिक २०८१, शनिबार 1730002276
Banner

रास्वपा उपसभापति अर्याललाई धम्की दिने पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

१९ असारमा मोवाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले खोटाङ घर भएका विजय कालीकोटेलाई पक्राउ गरेको हो ।

उनले त्यस दिन दिउँसो १ः२६ बजे रास्वपाका उपसभापति डोलप्रसाद अर्याललाई मोवाइलमा म्यासेज पठाएर ज्यान मार्ने आशयको धम्की दिएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौं निकट स्राेतले जनाएकाे छ । 

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।