१० कार्तिक २०८१, शनिबार 1729995134
Banner

कांग्रेस रूपान्तरण अभियानले बुझायो ज्ञापनपत्र

काठमाडौं । नेपाली कांग्रेस रूपान्तरण अभियानले सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार रूपान्तरण अभियानका नेताहरू पार्टी कार्यालय सानेपामा पुगेर सभापति देउवालाई सुझाव दिएको हो ।

पत्रमा कांग्रेसलाई समयसापेक्ष सुधार नगरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई समयमै सम्बोधन नगरिए पार्टी सदस्यहरूमा झनझन निराशा बढ्दै जाने निश्चित रहेको उल्लेख छ ।

पार्टी रूपान्तरणका लागि प्राप्त महत्त्वपूर्ण सुझावहरूलाई पार्टीको औपचारिक संरचनाभित्र थप छलफल र निर्णय गरेर कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

अभियानले पार्टीको मतमा आएको गिरावट, भ्रष्टाचार प्रकरणहरूमा पार्टीकै नेताहरूको संलग्नता, पार्टीका अवयव तथा भ्रातृ संस्थाहरूमा देखिएको आन्तरिक अव्यवस्था, नीतिविहीनता र बिधिविहीनता जस्ता कारणले पार्टीभित्र व्यापक असन्तुष्टि रहेकाले यसबारे बैलेमा समाधान खोज्न पनि ध्यानाकर्षण गराइएको छ।

Tags :