१० कार्तिक २०८१, शनिबार 1730002247
Banner

ललितानिवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिटमाथि दोस्रो दिनको सुनुवाइ सुरु

काठमाडौं । ललितानिवास प्रकरणमा पक्राउ परेका आरोपीद्वारा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथि दोस्रो दिनको सुनुवाइ सुरु भएको छ।

इजलासमा सोमबारदेखि ललिता निवास प्रकरणको मुद्दाको दोस्रो दिनको सुनुवाइ सुरु भएको हो।

बहालवाला सचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मराज गौतमले सो मुद्दा दायर गरेका थिए ।

यसअघि निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र नरेन्द्र गौतमसहितले बहस गरेका थिए।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्ने क्रममा सरकारी कागजात तथा दस्तखत कीर्ते गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ।

सीआईबीले अनुसन्धानका लागि पक्राउ गरेका निर्वाचन आयोगका पूर्व आयुक्त शाह, भाटभटेनी डिपार्टस्टोरमा सञ्चालक गुरुङसहितका बन्दी असार १३ गते सर्वोच्च पुगेका थिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउत भने केही पछि पुगेका थिए। सर्वोच्चले यो विवादसँग जोडिएका ६ थान निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।

Tags :