७ असार २०८३, आइतबार 1782071008
Banner

बुढीगण्डकी जलविद्युत आयोजना हरहालतमा अघि बढ्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनालाई हर हालतमा अघि बढाउने बताएका छन् ।

बुधबार गोरखाको सिउरेनिटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचनका बेला आयोजना अघि बढाउन गरेको बाचाको समेत स्मरण गरे । यसको काम सेलाउने चिन्ता सबैतिर देखिएको सुनाउँदै उनले अब हरहालतमा आयोजना नरोकिने बताए ।

यसका लागि हिजो सबै मन्त्रीहरूसँग बैठक गरेको र अब आयोजनाको विकास नरोकिने प्रधानमन्त्रीको भनाइ थियो । ‘निर्माण प्रक्रियामा सहभागी हुन म आफैँ आउँछु,’ उनले भने, ‘अब छिट्टै त्यो दिन आउँछ।’

यस्तै, प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी विकास प्राधिकरण बनाउने विषयमा आफ्नो विमति नरहेको बताए ।

‘यो आयोजना त्यति सहज र नाफामूलक होइन । तर बहुउद्देश्यीय र व्यावसायिक सम्भावनाको आयोजना भएकोले निर्माण अघि बढाउन सकिन्छ,’ दाहालले भने, ‘यो आयोजनाले देशको आर्थिक प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।’

आफ्नो नेतृत्वको सरकारको मुख्य लक्ष्य नै देशभित्रै बिजुलीको खपत गर्ने योजना रहेको उनले बताए ।

Tags :