काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री गगन थापाले ल्याएको राजनीतिक प्रतिवेदन एनजीओको रिपोर्ट जस्तो भएको टिप्पणी गरेकी छन् ।
सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा आज चौथो दिन सुरूमै आरजुले सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।
उनले भनिन्, ‘देश कतातिर जाने राजनीति कतातिर जाने दूरगामी र देशलाई हाँक्ने केही देखिएन। म अचम्भित भएँ महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेज आउँछ होला सोचेको थिएँ। तर, एउटा एनजीओको रिपोर्ट जस्तो लाग्यो। धेरै कार्यक्रम गर्ने तर त्यसको उपलब्धि के हो त ? क्लियर के हो त ?’
बैठकको पहिलो दिन महामन्त्री गगन थापाले पेश गरेको २१ पृष्ठको कार्ययोजनाप्रति आरजुले प्रश्न गर्दै कांग्रेसले देशको दूरगामी रणनीतिसहितको योजना ल्याउनुपर्ने बताइन् ।