१० कार्तिक २०८१, शनिबार 1729995409
Banner

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन उपसमितिको म्याद १५ दिन थप

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधनका लागि उपसमितिको म्याद १५ दिन थप भएको छ ।

बैठकपछि समितिका ज्येष्ठ सदस्य सभापति मंगलप्रसाद गुप्ताले उपसमितिको म्याद १५ थप भएको जानकारी दिएका हुन्

उनले भने, समितिको आजको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको छ । जुम्लामा भएको घटनाका सम्बन्धमा छलफल गर्न मान्य कानूनमन्त्रीज्युलाई समितिको आगामी बैठकमा आमन्त्रित गर्ने प्रश्ताव पेस गर्दछु ।’

उनले जुम्लामा भएको घटनाका सम्बन्धमा छलफल गर्न आगामी बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई आगामी समितिको बैठकमा उपस्थित हुन आग्रह गरे ।

समितिले कानूनमन्त्री गुरुङले समितिको बैठकमा अभिव्यक्त गरेका कुरालाई आधार मानेर आगामी बैठकमा थप निर्णय लिने बताए ।

Tags :