१० कार्तिक २०८१, शनिबार 1730002324
Banner

ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप दुई जनालाई पक्राउ परेका छन् ।

सोमबार सो पक्ररणमा नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो ।

उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको सीआइबीले बताए । योसहित ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।

यसअघि ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक काठमाडौं महानगरपालिका वडा नम्बर ५ का ६९ वर्षीय मीनबहादुर गुरूङको नाममा मात्रै २९ रोपनीभन्दा धेरै जग्गा रहेको पाइएको छ ।

उनी यतिखेर हिरासतमा रहेका छन् ।

Tags :