१० कार्तिक २०८१, शनिबार 1729994963
Banner

उपसभापति र महामन्त्रीलाई एकै ठाउँमा रहेर अगाडि बढ्न भण्डारीको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारीले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायत नेतालाई सामूहिक रूपमा अघि बढ्न सुझाव दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीलाई सम्बोधनका क्रममा उनले यस्तो सुझाव दिएका हुन् ।

‘तपाईहरू उपसभापति बन्नुभयो, महामन्त्री बन्नुभयो । अहिलेसम्म तपाईहरु सँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैन ? हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस् । चाहे रामचन्द्रजी होस् । चाहे कृष्ण सिटौला होस् । चाहे शेखर कोईराला होस् । हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो । आज भाषण गर्ने, बोल्ने, कुरा गर्ने तर सँगै बसेर संयुक्त रुपले झगडा नगर्दा यो भनाई खाइरहनुपरेको छ,’ उनले भने, ‘त्यसकारण म सुझाव दिन चाहन्छु तपाईंहरुले टिम बनाउनूस् । त्यो टिम बनाउनुभयो भने तपाईहरुलाई समयले स्वागतका लागि प्रतीक्षा गरिरहेको छ । टिम बनाउनूस् । विचारका कुरा अगाडि ल्याउनूस् । कसैले केही गरेर हुन्न । समयले तपाईहरु युवाहरुको स्वागत गर्नका लागि पर्खिरहेको छ । हामीले आन्दोलन गर्न जान्यौँ । सत्ता चलाउन जानेनौँ । म आग्रह गर्न चाहन्छु, आदरणीय पार्टी सभापति शेरबहादुरजी हुनुहुन्छ ।’

उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरुले लिनुपर्ने बताए ।

Tags :