१९ असार २०८३, शुक्रबार 1783071421
Banner

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै संसद अवरोध गर्ने एमालेको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बस्ने संसद बैठक गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै अवरोध गर्ने तयारी गरेको छ । विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेको माग छ।

यसकै तयारीका लागि एमालेले संसदीय दलको बैठक बोलाएको छ। दिउँसो १ बजे बस्ने संसद बैठकको तयारीको लागि एमालेले १२ बजे संसदीय दलको बैठक बोलाएको एमाले संसदीय दलका मुख्य सचेतक पदम गिरीले बताए।

‘हामीले १२ बजे संसदीय दलको बैठक बोलाएका छौं। त्यही बैठकले आवश्यक निर्णय गर्छ,’ उनले भने, ‘सुन प्रकरणमा हामीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छौं। यस प्रकरणमा उहाँको कमजोरी देखिएको छ।’