काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पार्टीका कार्यवाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी छ।
आगामी साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेण्डाका विषयमा छलफल हुने एक नेताले बताए। ‘साउन १७ गतेदेखि तीन दिनसम्म केन्द्रीय समिति बैठक बस्दै छ। त्यस बैठकको एजेण्डा के के बनाउने भन्ने सम्बन्धमा छलफल हुनेछ’ ती नेताले भने ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा भएकाले श्रेष्ठको अध्यक्षमा पदाधिकारी बैठक बसिरहेको हो। बैठक साउन १७ गतेदेखि तीन दिनसम्म प्रज्ञा भवनमा बस्ने तयारी छ।