काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा संसद अवरोध गर्ने भएको छ ।
प्रमुख प्रतिपक्षदल नेकपा उकालेले संसद अवरोध गर्ने तयारी गरेसँगै राप्रपा पनि संसद अवरोधको पक्षमा देखिएको हो । तर, राप्रपाले गृहमन्त्री श्रेष्ठको राजीनामा नमाग्ने जनाएको छ ।
राप्रपाले संसदमा गृहमन्त्रीको जवाफ माग र जवाफ नआएसम्म संसद अवरोध गर्ने जनाएको छ । राप्रपाले सुन छुटाउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा फोन गरेका भनिएका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनको छोरालाई पक्राउ गरेर कारवाही गर्नुपर्ने माग अघि सारेको छ।