२७ भदौ २०८३, शनिबार 1789256280
Banner

धरानमा डेंगुका कारण ७ जनाको मृत्यु

धरान-धरानमा डेंगुका कारण ७ जनाको मृत्यु भएको छ।  जेठ महिना देखि धरानमा डेंगु फैलिएको थियो।

धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताकाअनुसार ३ हजार ५३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ।

यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो । उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै सर्च एण्ड डिस्ट्रोयलाई नै प्रभावकारी उपायाको रुपमा लिएर काम अगाडि बढाइरहेको दावी गरेको छ।

धरानका प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाएको छ।

धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ ।