११ कार्तिक २०८१, आइतबार 1730066550
Banner

कोशी सरकार बिरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । कोशी प्रदेश सरकार विवादको मुद्दा आज पनि हेर्दाहेर्दै राखिएको छ । सर्वोच्चको पूर्ण इजलासमा मंगलबारदेखि जारी रहेको सुनुवाईमा आज फैसला आउने भनिएपछि अन्ततः मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठ रहेको पूर्ण इजलासमा सुनुवाई भइरहेको उक्त रिट कोशी प्रदेशका निवार्तमान मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेर सरकार गठन गरेका थिए । सभामुखले कुनै पनि दलले सरकार निर्माण गर्दा बहुमतका लागि हस्ताक्षर गर्ने प्रवधान संविधानमा नरहेको भन्दै उनी सर्वोच्च गएका हुन् ।

सर्वोच्चले यसअघिको अल्पकालीन आदेशमा कोशी सरकारका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने कुनै पनि प्रकारका फैसला नगर्न भनेको थियो । दुवै पक्षका तर्फबाट सुनुवाई सकिएकाले फैसला भोलि आउने बताईएको छ ।