२७ भदौ २०८३, शनिबार 1789254627
Banner

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न : अर्को बैठक असोज २ गते

काठमाडौं । यही साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ ।

बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “धेरै आलोचना होला भन्ने लागेका थियोे, तर कम आलोचना भयो, यसका लागि धन्यवाद ।” उहाँले केन्द्रीय समितिको बैठकबारे लाइभ गरेका कारण पार्टीभित्रका नेताहरूको क्षमता सबैले बुझ्ने अवसर पाएको टिप्पणी गर्नुभयो । सभापति देउवाले पार्टीको केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने पनि जानकारी दिनुभयो ।

बैठकको अन्तिममा पार्टीलाई विभिन्न समयमा योगदान गर्नुहुने नेता तथा कार्यकर्ताका आफन्तको मृत्युमा शोक प्रस्ताव पारित गरिएको थियो ।