२७ भदौ २०८३, शनिबार 1789242801
Banner

कोशी प्रदेश सरकार गठन प्रक्रिया असंवैधानकि,अर्को सरकार गठन प्रक्रिया अघि बढाउनू : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गरेको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरिएको प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर गरेको हो ।
यसअघि कोशी प्रदेशमा उद्धव थापा नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । यस्तै, सरकारले साउन १७ भित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया प्रारम्भ गर्न पनि सर्वोच्चले परमादेश दिएको छ ।

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो ।