११ आश्विन २०८३, आइतबार 10:58 pm
Banner

गगनले बुझाए, निर्वाचन आयोगलाई १५ हजार जरिवाना

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको जरिवाना बुझाएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत् निर्वाचन आयोगले तोकेको आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराएका हुन् ।

थापाले यसअघि आफूले सार्वजनिक गरेको खर्चको विवरण निर्वाचन आयोगलाई फेरि बुझाउनुपर्छ भन्ने जानकारी नहुँदा जरिवानामा परेको बताएका छन् ।

‘मैले निर्वाचन आयोगमा मिति २०७९।०८।२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

थापाले आफ्नो निर्वाचन खर्च २३ लाख ४२ हजार ७६८ रुपैयाँ १० पैसा भएको पनि जानकारी गराएका छन् ।

Tags :