११ कार्तिक २०८१, आइतबार 1730009520
Banner

प्रधानमन्त्रीले गरे रोमस्थित स्टुडियो ओलम्पिकको अवलोकन

काठमाडौं । इटालीको रोम भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोममा रहेको स्टुडियो ओलम्पिको अवलोकन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भ्रमण टोलीको नेतृत्व गर्दै सो स्टुडियोको अवलोकन भ्रमण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार सो क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुषाल, प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालसहित नेपाली भ्रमण टोलीका सदस्यले पनि स्टुडियोको अवलोकन गरे ।

सो स्टुडियोमा ७० हजार दर्शकले एक साथ खेल हेर्न सक्ने क्षमता रहेको छ ।

Tags :