१८ श्रावण २०८३, सोमबार 1785766525
Banner

हर्क साम्पाङलाई व्यक्तिको जग्गामा वृक्षारोपण नगर्न उच्च अदालतको आदेश

विराटनगर । उच्च अदालत विराटनगरले सर्दु जलधारा क्षेत्रको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा वृक्षारोपण नगर्न धरान उपमहानगरपालिकाका प्रमुख हर्क सामपाङको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

धरान–४ की रोजिना अधिकारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश मिलन राईको इजलासले अधिकारीले भोगचलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्ने जस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न आदेश दिएको हो ।

अघिल्लो शनिबार धरानका मेयर हर्क साम्पाङले धरान बाँझगरा गाविस वडा नम्बर ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा वृक्षारोपण गरेका थिए ।