११ मंसिर २०८१, मंगलबार 1732632351
Banner

सार्वजनिक लेखा समितिको बैठक एक सांसद नपुग्दा स्थगित

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत रहेको सार्वजनिक लेखा समितिमा आवश्यक न्यूनतम संख्या नपुग्दा बैठक स्थगित भएको छ । शुक्रबार बिहान साढे ११ बजे बसेको बैठकमा आवश्यक गणपूरक सङ्ख्या १४ जना संसद् नपुग्दा बैठक बस्न नसकेको हो ।
आजको बैठकमा समितिको आन्तरिक कार्यविधि र आएका उजुरीहरूका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो ।

बैठकमा सहभागी हुन १३ जना सांसद सहभागी थिए । बैठकका लागि सहभागी हुने जानकारी गराएका सांसदहरू श्याम कुमार घिमिरे, गोकुल बास्कोटा नआएका कारण बैठक स्थगित भएको संसद् सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

बैठक स्थगित भएपछि अर्को बैठक आइतबारका लागि तोकिएको छ ।

Tags :