१० कार्तिक २०८१, शनिबार 1730002193
Banner

निर्वाचन आयोगले जरिवाना तिराएको भन्दै रिट दायर गर्ने सांसद को–को हुन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले निर्वाचन आयोगले निर्वाचन खर्च विवरण नबुझाएको भनी जनही १५ हजार रुपैयाँ जरिवाना तिर्नु भन्ने निर्णय गैरकानुनी भएको भन्दै अदालतमा रिट हालेका छन् ।

उनीहरुले निर्वाचन आयोगले आफूहरुलाई जानकारीसमेत नदिई निर्वाचन खर्च निर्वाचन आयोगले जरिवाना बुझाएको भन्दै प्रतिनिधिसभाका चार सांसदले सर्वोच्चमा रिट दायर गरेका हुुन् ।

रिट दायर गर्नेहरुमा सोबिता गौतम, विराजभक्त श्रेष्ठ, शिशिर खनाल र गणेश पराजुली छन् ।

रिटमा चार सांसदले आफूसम्बद्ध पार्टी तथा आफूहरुलाई जानकारी नै नदिई गरेको जरिवाना गैरकानुनी, अतार्किक र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले बदरभागी भएको उल्लेख गरेका छन्।

Tags :