२७ भदौ २०८३, शनिबार 1789250589
Banner

राप्रपाको केन्द्रीय कार्यालयमा आज डोजर चलाउने बालेनको तयारी

काठमाडौं महानगरपालिकाले धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भत्काउने भएको छ। उक्त कार्यालय नक्सा पास नगरी बनाएको र भवन विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेकाले महानगरले शुक्रबार माइकिङ गर्दै कार्यालय खाली गराउन तीन दिनको समय दिएको थियो।

तर अल्टिमेटम सकिँदा पनि भवन खाली नगराइएको हुँदा सोमबार सबैलाई भेला पारेर भत्काउन लागिएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।

ुआज सबैलाई उक्त स्थानमा १० बजे भेला हुन बोलाइएको छु, उनले भने, ‘के निचोडमा पुगिन्छ सोही अनुसार काम हुन्छ। सम्भवतः आज भत्काइन्छ होला ।’