११ कार्तिक २०८१, आइतबार 1730024175
Banner

दोलखा गौरिशंकर गाउँपालिकामा पहिरो परी ४ जना बेपत्ता

काठमाडौं । दोलखा गौरिशंकर गाउँपालिकामा पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । वडा नम्बर ८ सल्ले र गोपाटारमा केही घर बगाउँदा उनीहरू बेपत्ता भएको त्यहाँका स्थानीय जनप्रतिनिधिहरूले जनाएको छ ।

गएरातिदेखि परेको पानीसँगै बिहान ६ बजेतिर पहिरो खसेको हो । पहिरोबाट ३ जना घाइते भएका छन् । बेपत्ता र घाइते दुई परिवारका रहेका छन् । पहिरोबाट केही घर विस्थापित भएका छन् । सडक र पुलमा समेत क्षति पुगेको छ । अहिले घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि प्रहरी र स्थानीय जुटेका छन् ।