२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 10:24 pm
समाचार

अमेरिकाले नियुक्त गरयो नयाँ राजदूत

सूचना प्रेस २०७८ चैत्र १६ बुधबार ००:००, ०९:४६ बजे १ मिनेट पढाइ

काठमाडौं : अमेरिकाले नेपालमा नयाँ राजदूत नियुक्त गरेको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले सुरक्षाविज्ञ डिन थम्पसनलाई नेपालको राजदूतमा नियुक्त गरेका हुन्।  काठमाडौंस्थित राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिन लागेकाले उनको ठाउँमा थम्पसनलाई पठाउन लागिएको हो।

थम्पसन हाल अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुन्। सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मेवारीमा रहेका थम्पसनसँग कूटनीतिक क्षेत्रमा २५ वर्षभन्दा बढी समयको अनुभव छ ।