११ कार्तिक २०८१, आइतबार 1730016841
Banner

पर्वतारोहीलाई विमानस्थलमा स्वागत

काठमाडौं । पर्यटन मन्त्रालय, पर्यटन विभाग र पर्वतारोहण संघलगायतले तीन महिनामा १४ हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका दुई पर्वतारोहीलाई स्वागत गरेका छन् ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा)लाई स्वागत गरिएको हो । आरोहीहरु विमानस्थलमा सांस्कृतिक बाजागाजासहित स्वागतका लागि पुगेका थिए ।

शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेकी थिइन् ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम(२, गाशरब्रम(१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् ।

Tags :