२८ भदौ २०८३, आइतबार 1789334636
Banner

सुन काण्डमा दोषी ठहर भए कानुनी कारबाही भोग्न तयार छु : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन प्रकरणमा दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार रहेको बताएका छन् ।

करिब एक सय किलो सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको तस्बिरहरू सार्वजनिक भएको प्रसंग निकाल्दै बैठकमा केन्द्रीय सदस्यहरूले सुन काण्डमा मुछिएका नेताहरूले मिडियामा विज्ञप्ति जारी गरेर नहुने भन्दै सीआईबीमा निवेदन दिनुपर्ने धारणा राखेपछि उनले यस्तो बताएका हुन् ।

यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी दिएका थिए ।

Tags :