११ कार्तिक २०८१, आइतबार 1730059906
Banner

केन्द्रिय सदस्यले उठाएका प्रश्नको आज अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

शनिवारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

आजको बैठकमा केन्द्रिय सदस्यले उठाएका प्रश्नको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।