१० कार्तिक २०८१, शनिबार 1730002544
Banner

माओवादी केन्द्रमा जिम्मेवार हेरफेर, कसले के जिम्मेवारी पाए ?

काठमाडौं । माओवादी केन्द्रमाओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।

केन्द्रीय समिति बस्नुअघि बालुवाटारको पदाधिकारी बैठकमार्फत अध्यक्ष प्रचण्डले जिम्मेवारी फेरबदल गराएका हुन् ।
जिम्मेवारी हेरफेरअन्तर्गत उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेश र जनार्दन शर्मा प्रभाकरले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

यस्तै देवेन्द्र पौडेलले मधेस प्रदेशको जिम्मेवारी पाएका छन् । यसैगरी कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव, सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

केन्द्रीय समिति बैठक कमलादीमा सुरु भइसकेको छ । यतिबेला अध्यक्ष प्रचण्ड बोलिरहेका छन् ।

Tags :