९ मंसिर २०८१, आइतबार 1732483459
Banner

शीर्ष नेतासँग सभामुखको छलफल


काठमाडौं । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा संसदको अवरोध हटाउने र संसदीय समितिलाई पूर्णता दिनेलगायतका विषयमा छलफल केन्द्रित छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

साउन १० गते बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।