९ मंसिर २०८१, आइतबार 1732475457
Banner

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं-राष्ट्रियसभाको बैठकको बैठकमा नेकपा एमालेले सदन अवरोध गरेको छ।

सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गरेको हो।

सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म एमालेले सदन चल्न नदिने सांसद दिलकुमारी रावलले अडान सुनाउनु भयो।

बैठकको सुरुमै एमाले सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए । त्यसपछि अध्यक्ष गणेश तिमिल्सिनाले रावललाई बोल्न समय उपलब्ध गराउनु भएको थियो । 

त्यसक्रममा रावलले सरकारमा आवद्ध राजनीतिक दलकै नेता कार्यकर्ता सुन तस्करीमा मुछिएको भन्दै सरकार सुन तस्करी प्रकरणमा निष्पक्ष छानविनको पक्षमा नदेखिएकाले बैठक चल्न नसक्ने बताउनु भएको भयो । राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले एमालेलाई अवरोध हटाएर अघि बढ्न पटक पटक आग्रह गर्दा पनि सांसदहरूले अडान नछोडेपछि साउन २४ गते बुधबार १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गर्नुभएकाे हाे ।